नेपाल बैंकको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने, १० लाखसम्मको निःशुल्क दुर्घटना बीमा सुविधासमेत दिइएको छ ।

footwear zone

त्यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविड /क्रेडिड कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधा, लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वालगायतका सुविधाहरु पाउने बैंकका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत प्रकाशकुमार अधिकारीले जनाकारी दिए ।

नेपालभर २१९ शाखाहरु, १८२ एटिएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गरिरहेकाे छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मूख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

You might also like

Comments are closed.