नेपाल बैंकले ल्यायो ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लि.ले ‘नेपाल बैंक डबल धमाका’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने, संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरेको छ ।

नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

footwear zone

बैंकका नेपालभर २१९ शाखाहरु, १८३ एटिएमका साथै ४७ वटा एक्सटेनसन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा, सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिइ युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

You might also like

Comments are closed.