नविल बैंक र सूचीकरणका लागि GSM 102सँग सम्झौता

काठमाडौं  । नबिल बैंकले US Department of Agriculture(USDA)द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम अन्तर्गत बैंकलाई सूचीकरणका लागि GSM 102 सँग सम्झौता गरेको छ ।

नबिल बैंक USDA कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थास“गै नबिल बैंकले USDAबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । USDA कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन ।

footwear zone

यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

You might also like

Comments are closed.