काठमाडौं । एनएमबि बैंकको २६औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
वार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्ब ३६ करोड पुग्नेछ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।
एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा त्रिभुवन आर्मी अफिसर्स क्लब सुन्धारामा कार्यक्रम भएको हो ।




Comments are closed.