काठमाडौं । नेपाल डेरी एसोसिएसनको अध्यक्षमा प्रह्लाद दाहाल चयन भएका छन् । एसोसिएसनको २२औ साधारणसभा तथा ८ औ राष्ट्रिय महाधिबेशनले उनलाई अध्यक्षमा अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो ।
उक्त महाधिवेशनमा शिव बहादुर कोईरालाको संयोजकत्वमा मेघराज भण्डारी र हिरा केसी सदस्य रहेको निर्वाचन समितिले दाहालको नेतृत्वमा २८ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
यसअघि दाहालले एशोसिएसनमा तीन कार्यकाल महासचिव, एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल उपाध्यक्ष भएर संगठनको नेतृत्व गरेका थिए । हिमालयन डेरी एण्ड रिसर्च सेन्टर काभ्रेका सञ्चालक र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्यसमेत रहेका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको पनि सदस्य हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल डेरी एशोसिएसनको महत्व दर्शाउँदै नयाँ टीमलाई सफलताको बधाई तथा शुभकामना व्यक्त गरे ।
नवनिर्वाचित कार्य समितिलाई संस्थाका नि.अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्वअध्यक्ष सुमित केडिया, सल्लाहकार मेघराज भण्डारी, शुरेस श्रेष्ठ र हिरा के.सीले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरे ।
महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका पदाधिकारी एवं सदस्यहरुकाे नामवली यस प्रकार रहेकाे छ :
१ प्रल्हाद दाहाल, अध्यक्ष
२ राधाकृष्ण सापकोटा, नि अध्यक्ष
३ राजन चिमरिया, वरिष्ठ उपाध्यक्ष
५ दिप प्रसाद धमला, प्र. उपाध्यक्ष
६ कर्ण बहादुर हमाल, द्वितीय उपाध्यक्ष
७ रेशम बहादुर खड्का, तृतीय उपाध्यक्ष
८ मनोज कुमार घिमिरे, च. उपाध्यक्ष
९ हृमचन्द्र खनाल, महासचिव
१० विजय प्रसाद चौरसिया, उप महासचिव
११ दयाराम भण्डारी, कोषाध्यक्ष
१२ शिवहरी आचार्य, सचिव
१३ रामभक्त दाहाल, सह कोषाध्यक्ष
१४ शिव भुषाल, सह सचिव
१५ प्रेम प्रकाश पाठक, सदस्य
१६ निराजन काईराला, सदस्य
१७ दिवाकर क्षेत्री, सदस्य
१८ अशेष कुमार बुढाथोकी, सदस्य
१९ नविन प्रसाद चौरसिया, सदस्य
२० अर्जुन अधिकारी, सदस्य
२१ सुमन चिमरिया, सदस्य
२२ रमेश सञ्जेल, सदस्य
२३ भुवनेश्वर न्यौपाने, सदस्य
२४ पवन बास्तोला, सदस्य
२५ रविशरण थापा, सदस्य
२६ नवराज तिमिल्सिना, सदस्य
२७ शिव घिमिरे, सदस्य
२८ प्रकाश सामन्त, सदस्य




Comments are closed.