एनडिएच चिप्स र क्रन्ची उत्पादन गर्न आफ्नै नाइट्रोजन प्लान्ट स्थापना

काठमाडौं । नेपाली बजारमा एनडिएच ब्राण्डका चिप्स र क्रन्ची उत्पादन गर्दै आइरहेको श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्स (श्री बिआइइटी) ले आफ्नै नाइट्रोजन प्लान्ट स्थापना गरेको छ । बिगतमा आफ्नो प्लान्ट नहुँदा सप्लायर्समार्फत ग्यास आयात गर्नुपर्ने र विभिन्न समस्या झेल्नु परेकाले आफ्नै प्लान्ट स्थापना गरिएको प्रालिले जनाएको छ ।

बुढानिकलण्ठस्थित उद्योगमा प्लान्ट स्थापना गरिएको सञ्चालक कमल सिंहले जानकारी दिए । गत असोजमा नै प्लान्ट स्थापना गरेर गुणस्तरीय चिप्स र क्रन्ची उत्पादन गरिएको उनले बताए । उद्योगले प्लान्टका लागि मात्रै १ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । ९९ दशमलव ९ प्रतिशत शुद्धता हुने गरी नाइट्रोजन प्लान्ट स्थापना गरिएको उनले बताए ।

‘क्वालिटी ध्यान दिएर हामीले चिप्स र क्रन्ची उत्पादन गरिरहेका छौं,’ उनले भने । उद्योगले क्रन्ची र पोट्याटो चिप्स ४÷४ भेटाइटीमा उपलब्ध गराउँदै आइरहेको छ । उत्पादित उत्पादनलाई देशभरको बजारमा पुर्याउने काम भइरहेको उनले जानकारी दिए ।

footwear zone

त्यसैगरी उद्योगले ‘एनडिएच’ ब्राण्डमा मसला समेत उत्पादन गरिरहेको छ । कम्पनीले नेपाली बजारमा ५५ वटा भेराइटीका मसला उत्पादन गर्दै देशभरको बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । बिगत ५ वर्षदेखि नेपाली बजारमा उपलब्ध यो मसला विदेशमा समेत निर्यात हुँदै आइरहेको छ ।

नेपाली ब्राण्डको मसलाबाट नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यतासहित एनडिएच ब्राण्डमा मसलाहरु उत्पादन गरिरहेको बताउँछन् कम्पनीका सञ्चालक कमल सिंह । ‘पछिल्लो समय आक्रामक रुपमा बजार बिस्तार गरिरहेका छौं,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय उत्पादन बजारमा ल्याएका छौं ।’

एनडिएच मसला स्वदेशी बजारसँगै विदेशमा पनि लोकप्रिय हुँदै गइरहेको प्रमुख कार्यकारी अधिकृत केम्स सिंहले बताए । अष्ट्रेलिया, युएसए, जापान, दुवईमा मसला निर्यात हुँदै आइरहेको छ । ‘विदेशमा निर्यात बढाउँदै लग्नेछौं र अन्य देशमा पनि विस्तार गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

You might also like

Comments are closed.