काठमाडौं । विश्व दुध दिवसको अवसरमा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । यही जेठ १७ गते मनास्लु कलेज, चुच्चेपाटी चावहिलमा कार्यक्रम गर्न लागिएको हो ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्ड एवं अन्य सरोकारवाला निकायको सहकार्यमा दूधको महत्वबारे जानकारी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
बालबालिकाहरुको चौतर्फी विकासको लागि र बालबालिका भित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता गर्न लागिको नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरेले बताए ।

प्रतियोगितामा सहभागी हुन जेठ १६ गते सोमबार भित्र राष्ट्रिय दुग्ध विकास वोर्डको कार्यालय ललितपुर, हरिहरभवन एवं प्रतियोगिता हुने स्थान मनासलु कलेज र नेपाल डेरी एसोसिएसनमा सम्पर्क गरि दर्ता गर्न सकिने छ ।
प्रतियोगितामा “दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन“ भन्ने विषय छनोट गरिएको छ । प्रतियोगिता जेठ १७ गने विहान १० बजे शुरु हुने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिएका छन् ।
एक प्रतियोगीलाई ५ मिनेटको समयसीमा तोकिएको छ । प्रतियोगितामा विजयी ४ जनालाई नगद, सिल्ड, मेडल, नगद र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमा भागलिनका लागि एक विद्यालयबाट २ जनासम्म सहभागि हुन सक्नेछन् ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीको परिचय पत्र अनिर्वाय चाहिने छ । कायक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने र खाजाको व्यवस्था गरिएको छ ।
प्रतियोगिता निकै प्रभावकारी हुने र दूधको महत्व बुझाउन सहयोगी हुने एसोसिएसनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले बताए ।
विश्वभरि जुन १ तारिक मनाइने विश्व दूध दिवसको उपलक्ष्यमा चावहिल चुच्चे पाटीमा अवस्थित प्राक्सिस स्कुलमा रहेका विद्यार्थीलाई पनि दूध पान गराउने र एसोसिएसनले ७ वटै प्रदेशका विभिन्न स्थानमा दूध तथा दुग्ध पदार्थ वितरण गरि मनाउन निर्देशन गरिसकेको पनि महासचिव दाहालले जानकारी दिए ।




Comments are closed.