पोखरा । अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा ४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । आइतवार एक कार्यक्रमका बीच नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले हेल्पलाइन संयोजक विराज सुवेदीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
माक्स, भाइजर, अक्सीमिटर, पीपिई, सेनिटाइजर थर्मल गन, ग्लोब्स्, सावुन, स्प्रे बोटल र जनचेतनामूलक व्यानर सहित रु. ६२ हजार बराबरका सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दैै प्रमुख अतिथी अन्नपूर्ण १ का वडाध्यक्ष भरतजंग कुँवरले हेल्पलाइनको कार्य प्रशंसनीय रहेको चर्चा गर्दै स्थापनाको केही सातामै संस्थाले उल्लेख्य कार्य गरेको बताए । वडामा हालसम्म २१ जनामा कोरोना संक्रमण देखिएको तथ्य अगाडि सार्दै वडाध्यक्ष कुँवरले मनोवल उच्च राखेको खण्डमा कोरोनालाई सजिलै परास्त गर्न सकिने जनाए ।

नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय स्वास्थ्य अन्र्तगत कोभिड नियन्त्रणमा क्रियाकलाप केन्द्रीत गरेको स्पष्ट पारे । े पारदर्शिता र सक्रियता भएको ठाउँमा नेलम्बोले सहयोग गर्दै आएको स्पष्ट पनि उनले स्पष्ट पारे ।
हेल्पलाइन संयोजक विराज सुवेदीले अन्नपूर्णका जनता तथा विभिन्न संघसंस्थाको सहयोग संस्थाले यथेष्ठ प्राप्त गरेको चर्चा गरे । संस्थाका गतिविधीलाई अन्नपूर्णवासीले महायज्ञका रुपमा ग्रहण गरेको उनले बताए । हेल्पलाइन सह–संयोजक विष्णु अधिकारीले संस्थाले अन्नपूर्णका कोरोना संक्रमितको उपचारका लागि निःशुल्क एम्वुलेन्सको व्यवस्था गरेको र संक्रमण फैलिएको स्थानमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य गंगा कुँवर, वडा सदस्य इन्द्रप्रसाद सुवेदी, समाजसेवी शोभाखर अधिकारी, महिला स्वास्थ्य स्वयम्सेविका बालिका सुवेदी लगायतले बोलेका थिए ।
कोारेना महामारीमा नेलम्बो र हेल्पलाइनका क्रियाकलापले जनताको मनोबल बढेको, हेल्पलाइनले कोेभिड विरामीका अलवा अन्य रोगीलाई पनि सेवा दिइरहेको, दुवै संस्थाको क्रियाशिलता राम्रो रहेको लगायतका धारणा राखे । उक्त कार्यक्रम हेल्पलाइन सचिव शिवहरी सुवेदीले सहजीकरण गरेका थिए ।




Comments are closed.