कोरोना संक्रमित पशु स्वास्थ्यकर्मीलाई निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग

काठमाडौं । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा नेपाल)ले कोरोना संक्रमित पशुस्वास्थ्यकर्मीहरुको निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ । कोरोना महामारीको समयमा पशु स्वास्थ्य प्राविधिकहरु किसानको घरघरमा पुगेर सेवा प्रदान गरिरहेको बताउँदै नेल्टाले यस क्रममा धेरै प्राविधिकहरु कोरोना संक्रमित भएको विज्ञप्तिमा उल्लेख छ ।

‘संक्रमित भइ मृत्यवरण गर्नुहुने पशु स्वास्थ्यकर्मीहरुको परिवारजनलाई उचित क्षतिपूर्तिको व्यवस्था गरि दिन हुनको लागि नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले नेपाल सरकारसंग जोडदार माग गर्दछांै,’ विज्ञप्तिमा भनिएको छ ।

नेल्टाद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठ

footwear zone

प्रेस विज्ञप्ति :
नेपाल कृषि प्रधान देश हो यहाँका ६५ प्रतिशत नेपालीहरु कृषि र पशुपालनमा निर्भर रहेको व्यहोरा हामी सबैलाई अवगत नै भएको कुरा हो । नेपाल सरकारको राजपत्रमा प्रकाशित भइ भेटेरिनरी सेवा अत्यावश्यक सेवाको रुपमा सुचिकृत सेवा भएकाले कोरोना महामारी र देश बन्दावन्दी अवस्थामा रहेको समयमा पनि नेपाली पशुपालक कृषकहरुलाई हामी पशु स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्दै आइरहेका छौं । यस्तो अवस्थामा अत्यावश्यक सेवा गर्दा गर्दै पशु स्वास्थ्यकर्मीहरु कोरोना महामारीबाट संक्रमित हुने र संक्रमण भइ मृत्यवरण गरिरहेको छ । यस्तो परिस्थितिमा संक्रमित पशु स्वास्थ्यकर्मीहरुलाई सहज र सरल तरिकावाट निःशुल्क उपचारको व्यवस्था र संक्रमित भइ मृत्यवरण गर्नुहुने पशु स्वास्थ्यकर्मीहरुको परिवारजनलाई उचित क्षतिपूर्तिको व्यवस्था गरि दिन हुनको लागि नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA Nepal) नेपाल सरकारसंग जोडदार माग गर्दछांै । नेपालको संविधानले प्रत्याभूत गरेको संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक बमोजिम महामारीको समयमा नेपाली जनतालाई खोप, अक्सिजन तथा अन्य सामग्रीहरु पर्याप्त मात्रामा उपलव्ध गराई जनताको जीवन रक्षा गर्नका लागि नेपाल सरकारसंग जोडदार माग गर्दछौं । कोरोना माहामारीका कारणले दिवंगत हुनु भएका पशु स्वास्थ्यकर्मीहरु लगायत सबैप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछौ साथै उपचाररत रहनु भएका सबै लाई शिघ्र÷पूर्ण स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौं ।

सम्माननीय राष्ट्रपति ज्यूबाट वर्तमान सरकारको सिफारिसमा संविधान बमोजिम बैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै मध्यरातमा हठात प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान, संसद र लोकतन्त्रलाई गम्भिर संकटमा पार्ने कार्यप्रति नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) को ध्यानाकर्षण भएको छ । जननतालाई संविधान अनुकुलको निर्वाचन नभएर जनतालाई अस्पतालमा उपचार, अक्सिजन र बेड चाहिएको अवस्थामा महामारीको गम्भिर अवस्थाबाट गुज्रिरहेको समयमा जनताको उपचारमा ध्यान नदिएर मध्यरातमा निर्वाचनको सिफारिस गर्ने, वैकल्पिक सरकार बन्ने भरपर्दो आधार हुँदाहुँदै सम्माननीय राष्ट्रपतिबाट चालिएको कदम नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाप्रतिको प्रहार हो भन्ने हाम्रो बुझाइ रहेको छ । सम्माननीय प्रधानमन्त्री ज्यूको सिफारिसमा सम्माननीय राष्ट्रपति ज्यूबाट चालिएको उक्त कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताको विरुद्धमा रहेको छ । संविधानको धारा ७६(३) अनुसार नियुक्त हुनु भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्त अनुसार ३० दिन भित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा २०७८ साल जेष्ठ ०६ गते सम्माननीय राष्ट्रपति ज्यूबाट धारा ७६ को ५ अनुसार नयाँ प्रधानमन्त्रीको प्रकृया थालिनुलाई यस संघले असबैधानिक ठहर गरेको छ । संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूबाट प्रतिनिधिसभाको विघटन गरि यस्तो कोरोना महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गरेको असंवैधानिक निर्णय प्रति नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) गम्भिर आपत्ति प्रकट गर्दछ र सो असंवैधानिक निर्णय खारेज गर्न जोडदार माग गर्दछ ।

You might also like

Comments are closed.