पोखरा । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले विपद व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । प्राकृतिक तथा गैह्र प्राकृतिक विपदबाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचना संरक्षण गर्न विपद जोखिम न्युनिकरणका लागि गण्डकी प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयको प्रदेश विपद व्यवस्थपन कोषको खातामा जम्मा गर्नेगरि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको समुपस्थितिमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश पोखरालाई चेक हस्तान्तरण गरेको हो । वित्तीय संस्थाको तर्फबाट रमेश कुमार कर्माचार्यले सहयोग स्वरुप ९८ हजार ६ सय ८२ रपैयाँ बरावरको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउँमा आर्थिक सहयोग गरेको बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष कर्माचार्यले वित्तीय संस्थाले छोटो अवधिमा देशका करिव २२ हजार महिला दिदिबहिनीहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरेको तथा १०० जना भन्दा बढी युवाहरुलाई प्रत्यक्ष रोजगार प्रदान गर्न सफल भएको बताए ।

वित्तीय संस्थाका नि.प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले वित्तीय संस्थाले देशका विभिन्न पहाडी १० जिल्लाका २६ वटा शाखा कार्यालयहरुबाट प्रत्यक्ष रुपमा लघुवित्त सेवा प्रदान गरिरहेको बताए । वित्तीय संस्थाको आर्थिक वर्ष २०७६।०७७ को खुद मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भए अनुसार उक्त रकम गण्डकी प्रदेश सरकार अन्तर्गत प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा गरि विपद व्यवस्थापनमा वित्तीय संस्थाको तर्फबाट सहयोग गरिएको देवकोटाले बताए ।
कार्यक्रममा वित्तीय संस्थाको सञ्चालकहरु विवेक श्रेष्ठ (सि.ए), विनिता कोईराला (पि.एच.डी), सागर लामिछाने, गंगा प्रसाद तामाङ, कम्पनी सचिव दीपक पराजुली साथै वित्तीय संस्थाको विभागीय प्रमुख पवित्रा कोईरालाको उपस्थितिे थियो ।
वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–१८, विन्ध्यावासिनी कास्कीमा छ ।




Comments are closed.