नेपाल बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र ढुङ्गेपाटनमा

काठमाडौं । नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको ३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९्औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन् ।

पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तिय पहुँच पु¥याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त बिस्तारित सेवा केन्द पोखरा बिश्वविद्यालय हाता नजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत बिद्यार्र्थी तथा शिक्षकवर्ग पनि लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।

यस बिस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजिलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ  प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

footwear zone

“सबैका लागि बैंक” भन्ने मूल उद्देश्य सहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना १ सय शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.