काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी मिति २०७९ असार १ गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमविच सम्झौता भएको बैकका प्रवक्ता/सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुुमार अधिकारीले बताए ।
सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुशार नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाण्डौमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख श्री संजिब जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु श्री खगेन्द्र बहादुर श्रेष्ठ र श्री रंजित लोहिया लगायतको पनि उपस्थिति रहेको थियो ।
बैंकले २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यस बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.