काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’को आयोजना गर्ने भएको छ । चेम्बरले जेठ ४ देखि ८ गतेसम्म काठमडौंको भृकुटी मण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्ने भएको हो । मुलुक आर्थिक सम्वृद्धितर्फ उन्मुख हुँदै गई रहेकोले परिपेक्षमा राष्ट्रको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिताका लागि यो कार्यक्रम गरिन लागेको चेम्बरको भनाइ छ ।
देशको समग्र विकास, निजी क्षेत्रकोे सशक्तिकरणबाट मात्र सम्भव हुने चेम्बरको ठहर छ । चेम्बरले बिहीवार विज्ञप्ति जारी गर्दै भनेको छ ,‘ निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठन केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य हो ।’
छैटौं संस्करणको रूपमा सञ्चालन हुन लागेको एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको चेम्बरको भनाइ छ । अन्तरराष्ट्रियक्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न एक्स्पो सहयोगी बन्ने चेम्बरको भनाइ छ ।

यस वर्ष पनि विगतमा जस्तै ‘मिनिस्ट्रिी अफ कमर्श एण्ड इएपीबी बंगलादेश’ को सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्सेस, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्ज, हाइड्रो, लजेस्टिक, ह्याण्डीक्राफ्ट एण्ड ह्याण्डलुम्स्, सुज एण्ड लेदर आइटम, कस्मेटिक, डेरी प्रडक्ट लगायतसामग्रीको प्रदर्शनी गरिने आयोजकको भनाइ छ ।
एक्स्पोको अफिसियल इन्स्योरेन्स ‘प्रभु इन्स्योरेन्स’ र इन्टरनेट पार्टनर ‘क्लासिक टेक प्रा।लि’ रहेको बताइएको छ । एक्स्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा ‘इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्राली’ले लिएको बताइएको छ । एक्स्पोमा १५० भन्दा बढि स्टल रहने आयोजकको भनाइ छ ।




Comments are closed.