नेपालमा लगानी भित्र्याउन राजदूतसमक्ष चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यापार प्रवद्र्धन तथा लगानीको वातावरण निर्माण गर्न राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याललाई मंगलबार भेटेर कोरियाबाट नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले इपिएस भाषा परीक्षामार्फत नेपालबाट ७७ हजार नेपाली युवा दक्षिण कोरिया पुगेको बताउँदै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि पहल गर्न आग्रह गरेका हुन् । नेपालीकै सीप र लगानीलाई प्रवद्र्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिनसक्ने उनको भनाइ छ ।

“नेपाल हाउसको अवधारणाअन्तर्गत स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने प्रचुर सम्भावना छ, पछिल्लो समय पश्मिना, हस्तकलाका सामग्री, जडीबुटी, भीरमह लगायतको माग कोरियामा बढ्दो छ”, उनले भने। कोरियाली बहुर्राष्ट्रिय कम्पनी नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकु¥यालको ध्यानाकर्षण गराए ।

footwear zone

भेटमा नवनियुक्त राजदूत प्याकुु¥यालले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन र दुई पक्षीय व्यापार नै पहिलो प्राथमिकता हुने बताइन । “एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता हुनेछ”, उनले भनिन् ।

You might also like

Comments are closed.