काठमाडौंमा नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन हुँदै

काठमाडौं ।  सरकार र निजि क्षेत्रको साझेदारीमा आगामी भदौं २८ गते काठमाडौंमा नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ आयोजना हुन लागेको छ ।उक्त नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ ।

नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजि क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा सिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको बिशेष उपस्थीतिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलना मुल आयोजक समितिका संयोजक विशाल गैरबीच टाइटल स्पोन्सरका लागि बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

“आर्थिक समृद्धीका लागि नवप्रवर्तन र उद्यमशीलता” भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसंग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

footwear zone

समझदारी समारोहमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ बर्ष पहिला स्थापना भएको बाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तालीम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता ब्यक्त गरे ।

पहिलो सिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउदैं यो सम्मेलनले देशभरका युवाहरुमा बित्तिय साक्षरता, बैकिङ् पँहुच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने बिश्वास ब्यक्त गरे । त्यसैगरी सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागी सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताए ।

युवा उद्यमशीलताका लागि बातावरण बनाउदै स्टार्टअपहरुको सङ्ख्यातमक र गुणत्मक सहभागीता लागि सम्मेलन आयोजना गरिएको उनको भनाई थियो ।७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५०० जना युवाहरु सम्मेलनमा सहभागी हुने छन् ।

सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुतीसहितको अवार्ड बितरण, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरीङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।

You might also like

Comments are closed.