विद्युत व्यापारको उद्देश्यले स्थापित नेपाल पावर एक्स्चेन्जको अध्यक्षमा आचार्य

काठमाडौं । विद्युत व्यापारको उद्देश्यसहित नेपाल पावर एक्स्चेन्ज (नेपेक्स) कम्पनीको स्थापना भएको छ । विद्युत क्षेत्रमा लामो समयको अनुभव संगालेका कृष्ण आचार्य कम्पनीको अध्यक्ष निर्वाचित भएका छन् । कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो ।

समितिको प्रवन्ध सञ्चालकमा आशिस गर्ग, सञ्चालकहरुमा उत्तरकुमार श्रेष्ठ, उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाईं, मोहन डाँगी र भरत खत्री चयन भएका छन् ।

नेपाल भित्र र विदेशमा विद्युत निर्यात गर्ने उद्देश्सहित कम्पनी स्थापना भएको अध्यक्ष आचार्यले जानकारी दिए । ‘विद्युतको व्यापारको गर्ने उद्देश्यले कम्पनी स्थापना भएको हो,’ उनले भने । विदेशमा भारत, बंगलादेश लगायतका देशमा विद्युत निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।

footwear zone

हालसम्म विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार रहँदै आएको छ ।

You might also like

Comments are closed.