नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ बिन्दुले घटेर ५९०.१५ बिन्दुमा सीमित भएको छ । कूल २२९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १८.७१, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१, वित्त ७३.३१, उत्पादन १९.२८, सामूहिक लगानी कोष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ ।

footwear zone

कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब १६ करोड ७८ लाख ३२ हजार ४३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर रु एक अर्ब १६ करोड ५२ लाख ४० हजार ३८७, नेशनल हाइड्रोपावर रु ८३ करोड ३२ लाख २० हजार २४२, रिडी हाइड्रोपावर रु ५७ करोड ९८ लाख ६१ हजार ३२० र एचआइडिसिएल रु ४८ करोड ६९ लाख सात हजार २२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रिडी हाइड्रो पावर ८.५९, साना किसान लघुवित्त ७.५१, सिइडिबी हाइड्रोपावर ६.९५ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाए ।

यस्तै एचआडसिए, खानीखोाला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आउँदा नकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अफ पावर ८.७६ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.१८ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ४३ अर्ब १८ करोड सात लाख ८८ हजार २१८ बराबर पुगेको छ ।

You might also like

Comments are closed.