नेप्सेमा उच्च अंकको पहिरो   

काठमाडौं ।    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ । साताको पहिलो दिन नै कारोबार शुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुनेक्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो ।

कारोबार शुरु भएको एक घण्टामा नै झण्डै १०० अंकले ओरालो लागेको नेप्से पाँच प्रतिशत बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से १०८.२६ ओरालो लागेर दुई हजार ८१८.७२ बिन्दुमा ओर्लिएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.७६ बिन्दुले घटेर ५२२.०१ मा ओर्लेको छ । कूल २२३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर रु ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुगेको छ ।

footwear zone

कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४४.५१, व्यापार २१६.६४, होटल तथा पर्यटन १६१.२, विकास बैंक ३९४.८, जलविद्युत् २१६.९५, वित्त २३९.०८, निर्जीवन बीमा ५१९.४६, उत्पादन १७५.३२, अन्य ८३.१५, लघुवित्त १६२.९५, जीवन बीमा ५११.७८, सामूहिक लगानी कोष ०.३१ र लगानी ४.८५ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७० करोड ३३ लाख ३० हजार २०८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ३० करोड १९ हजार ६२ हजार ४७५, नेपाल बैंक रु २५ करोड ३१ लाख ९६ हजार १०३, नबलि बैंक रु २४ करोड ६५ लाख ४४ हजार ५७९ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रु २१ करोड ९१ हजार ५१ हजार तीन बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स ९.९७, मनकामना स्मार्ट लघुवित्त ४.०२, गुराँस लघुवित्त १.९४, गुडबिल फाइनान्स ऋणपत्र १.९३ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.७६ प्रतिशतले कमाए ।

नारायाणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर कम्पनी, हिमालउन ऊर्जा विकास कम्पनी, रुरु जलविद्युत् परियोजना, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लाग्यो ।

You might also like

Comments are closed.