नेप्सेमा उच्च अंकको पहिरो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सोमबार ११४.०२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अंकले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९.५१ बिन्दुले घटेर ५०६.२७ मा सिमित भएको छ ।

कूल २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर रु आठ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ७६ अर्ब ४० करोड ७४ लाख ८५ हजार ५७० बराबरमा रहेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५१.४६, व्यापार १५६.९८, होटल तथा पर्यटन १५८.१३, विकास बैंक ३३२.३८, जलविद्यत् २२०.२९, वित्त २२९.६९, निर्जीवन बीमा ६१४.२१, उत्पादन ९१.९६, अन्य ७०.६१, लघुवित्त १६२.३२, जीवन बीमा ८००.०६, सामूहिक लगानी कोष ०.४८ र लगानी ५.२९ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

footwear zone

सो कम्पनीको रु ४० करोड ६५ लाख ३१ हजार ४३६ बराबरको कारोबार भयो । त्यस्तै, हिमालयन डिस्टिलरी रु २२ करोड ५५ लाख ८९ हजार ७७१, नबिल बैंक रु १८ करोड ४४ लाख ४० हजार ७६३, युनाइटेड मोदी रु १७ करोड ६६ लाख ६८ हजार र अपि पावर कम्पनी रु १६ करोड ६३ लाख २० हजार ८५९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो । त्यस्तै, डिप्रोक्स लघुवित्त २.०४, लक्ष्मी लघुवित्त १.९९, सनराइज बैंकको ऋणपत्र ०.९५ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले ०.६३ प्रतिशतले कमाए । उता, विभिन्न ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनीका शेयर छन् ।

You might also like

Comments are closed.