नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ ।

साताको पहिलो दिन कारोबार सुरु वित्तिकैदेखि नेप्सेमा गिरावट आएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८०.२९ अंकले घटेर दुई हजार ६५१.४९ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.१९ अंकले घटेर ५०१.४५ मा ओर्लेको छ । नेप्सेमा उच्च अंकको गिरावट आए पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २ सय ३४ कम्पनीको एक करोड १९ लाख तीन हजार २ सय २ कित्ता शेयर पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब २२ अर्ब ८७ करोड २८ लाख ३० हजार रुपैयाँको हाराहारीमा रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ३४.९७, व्यापार १५९.१७, होटल तथा पर्यटन १४७.०९, विकास बैंक २६७.२५, जलविद्युत् १३२.०२, वित्त ६८.०८, निर्जीवन बीमा ३८४.९४, उत्पादन १९२.४१, अन्य ६८.२, लघुवित्त १३९.४, जीवन बीमा ५३८.०३, सामूहिक लगानी कोष ०.२२ र लगानी २.९२ अंकले घटेको छ ।

footwear zone

मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितो कर्जामा रहेको सीमामा परिवर्तनको अपेक्षा लगानीकर्ताले गरेका थिए । केन्द्रीय बैंकले तरलताको अभाव भइरहेको बेला उक्त सीमा परिवर्तन नगर्ने स्पष्ट पारेको छ । त्यसैको प्रभाव बजारमा परेको बताइन्छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २९ करोढ ८१ लाख १९ हजार १ सय ६१ रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै, नेपाल पुनरबीमा कम्पनी २३ करोड ४८ लाख छ हजार १ सय ४७ रुपैयाँ, नेशनल हाइड्रो पावर २२ करोड ८५ लाख ९९ हजार ६ सय ७५ रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी १९ करोड चार लाख ६८ हजार ५ सय ६९ रुपैयाँ र निर्धन उत्थान लघुवित्तको १६ करोड २० लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आइसिएफसी फाइनान्स ९.७८, सामलिङ पावर कम्पनी ८.२१, निर्धान उत्थान लघुवित्त ३.४३, नेपाल एसबिआई बैंक २.८६ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले १.५२ प्रतिशतले कमाए । हिमालयन पावर पार्टनर ८.४९, मानुषी लघुवित्त ८.०९, प्राइम लाइफ इन्स्योरेन्स ७.३४, महालक्ष्मी विकास बैंक ७.२५ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ७.१८ प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.