नेप्से दोहोरो अंकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार  

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अङ्कले घटेर बजार बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७० बिन्दुले ओरालो लागेर २०३२.५१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०४ बिन्दुले घटेर ३८५.९४ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर रु ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज लघुवित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ । सो उपसमूह भने ९.२८ ले उकालो लागेको हो । त्यस्तै, बैंकिङ ११.४, व्यापार ५८.०१, होटल ३२.०६, विकास बैंक १६.६८, जलविद्युत् २७.३६, वित्त ८.३९, निर्जीवन बीमा १३५.५९, उत्पादन ३५.१, अन्य ३२.४५, जीवन बीमा २७४.२७ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।

footwear zone

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८० करोड २५ लाख ८३ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५५ करोड ४० लाख ३३ हजार ४१८, नेपाल बैंक लिमिटेड रु ३७ करोड ८७ लाख ६५ हजार ७४३, नागरिक लगानी कोष रु २६ करोड १७ लाख ३५ हजार ७१५, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड ५३ लाख १८ हजार ३४९, एनआइसी एशिया बैंक रु २३ करोड ८६ लाख ११ हजार १६४, शिखर इन्स्योरेन्स कम्पनी रु १६ करोड ९१ लाख १२ हजार ९२८ र हिमालयन डिस्टिलरी रु १६ करोड ७५ लाख १८ हजार ७१७ बराबरको कारोबार भई शीर्ष स्थानमा छन् ।

कारोबार भएका कूल कम्पनीहरुमध्ये ४५ कम्पनीको शेयर उकालो लाग्दा ११७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै ११ कम्पनीको भने कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा माहुली सामुदायिक लघुवित्त ९.९३, माउण्टेन इनर्जी ९.७९, छ्याङदी हाइड्रोपावर ९.६६, सारथी नेपाल लघुवित्त ६.२२, आरएमडिसी ५.८८, सूर्योदय लघुवित्त ५.३८, मिर्मिरे माइक्रोफाइनान्स ४.७१, सिटिजन इन्भेस्टमेन्ट बैंक ४.६८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ४.५२ प्रतिशतले कमाएका छन् ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंक ७.५१, नेपाल बैंक लिमिटेड ६.२५, खानीखोला हाइड्रोपावर ५.९३, नेपाल पुनरबीमा कम्पनी ५.८१, माथिल्लो तामाकोशी ४.९८, ओरियन्टल होटल ४.११, एनसिसी बैंक ४ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाएका छन् ।

You might also like

Comments are closed.