सेयर बजारमा हरियाली

नेप्से साढे ३७ अंकले बढ्दा १ अर्ब २३ करोडको कारोबार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा आज भने हरियाली छाएको छ । आज सेयर बजार दोहोरो अंकले बढेको छ ।

आज नेप्से ३७ दशमलव ४९ अंले बढेर एक हजार नौ सय २२ दशमलव ३० विन्दुमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीको ३७ लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज जलविद्युत् समूहको सूचक ५७ दशमलव ९८ अंकले बढेर २१ सय ५० दशमलव ७३ अंकमा चढेको छ । यस्तै निर्जीवन बीमा समूहको सूचक एक सय ४९ दशमलव २४ अंकले बढेर सात हजार आठ सय दुई दशमलव ४४ अंकमा चढेको छ ।

footwear zone

यसैगरी जीवन बीमा समूहको सूचक दुई सय चार दशमलव २७ अंकले बढेर नौ हजार एक सय १३ दशमलव ७२ अंकमा चढेको छ। फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर पाँच सय ५० रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नबिल ब्यालेन्स फन्ड २ प्रतियुनिट सेयर मूल्य दुई दशमलव ९३ प्रतिशतले घटेर नौ रुपैयाँ ६१ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

You might also like

Comments are closed.