मौद्रिक नीतिले २ दिन हरियाली बनाएको सेयर बजार फेरी राताम्य !

नेप्से ४४.८० अंकले घट्दा ३ अर्ब ७० करोडको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि लगातार दुई दिन बढेको सेयर बजार आज राताम्य भएको छ । साताको पहिलो र दोस्रो कारोबार दिन उच्च अंकले बढेको सेयर बजार आज ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।

आज सबै समूहको सेयर घटेसँगै आज कारोबार रकम पनि घिटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा आज दुई सय २२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७० करोड ४९ लाखको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने मल्टिपर्पोज फाइनान्सको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

footwear zone

त्यस्तै,  आज वाणिज्य बैंक समूहको सूचक २५ दशमलव २८ अंकले घटेर १३ सय ८६ दशमलव ४२ अंकमा झरेको छ भने विकास बैंक समूहको सूचक एक सय १४ दशमलव ४१ अंकले घटेर तीन हजार सात सय ५१ दशमलव ११ अंक, जलविद्युत् समूहको सूचक पनि ४८ दशमलव ३१ अंकले घटेर दुई हजार चार सय ४० दशमलव ६५ अंक, निर्जीवन बिमा समूहको सूचक एक सय तीन दशमलव ५१ अंकले घटेर आठ हजार दुई सय ५९ दशमलव ९१ अंकमा झरेको छ ।

You might also like

Comments are closed.