झण्डै २४ अंकले बढ्यो नेप्से, कूल ३ अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन झण्डै ४५ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज भने बढेको छ । आज नेप्से २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलव ९९ विन्दुमा पुगेको छ ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आज २ सय २७ वटा कम्पनीका ७५ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १६ करोडको कारोबार भएको छ ।

आज व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत समूहको सेयर उच्च अंकले उकालो लागेको छ । आज १३ उपसमूहमध्ये १२ उपसमूह परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसुचक घटेको छ ।

footwear zone

आज फाइनान्स समूहको ४.१३ प्रतिशत, हाइड्रोपावर समूहको २.९६ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको २.२७ प्रतिशत, विकास बैंकको १.४९ प्रतिशत, अन्य समूहको २.५ प्रतिशत, लगानी समूहको १.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहको ०.८६ प्रतिशत, ननलाइफ इन्स्योरेन्स समूहको ०.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.३७ प्रतिशतले बढेको छ।

You might also like

Comments are closed.