रोकिएन सेयर बजार घट्ने क्रम : नेप्से ३४.६१ अंकले घट्दा दुई अर्ब ६२ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । बिहीवार ३८ दशमलव ६१ अंकले घटेको सेयर बजार आज ३४ दशमलव ६१ अंकले घटेको छ। आज नेप्से दुई हजार एक सय १३ दशमलव ५५ बिन्दुमा झरेको छ ।

आज दुई सय १३ वटा कम्पनीको ६४ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ। आज म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, व्यापार, फाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले ओराले लागेको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि जोशी जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले बढेको छ ।

footwear zone

त्यसैगरी जलविद्युत् समूहको सूचक ३९ दशमलव ६ अंकले घटेर २५ सय ५२ दशमलव ६७ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ९५ दशमलव ३२ अंकले घटेर आठ हजार चार सय सात दशमलव ७२ अंकमा झरेको छ ।

You might also like

Comments are closed.