सेयर बजारको ओरालो यात्रा जारी !

साताको पहिलो दिन नेप्से ३३.३६ अंकले घट्दा २ अर्ब पाँच करोडको कारोबार

काठमाडौं । गत साता दुई दिन मात्रै बढेर बाँकी दिन लगातार ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) को ओरालो यात्राले यो साता पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन आज सेयर बजार उच्च अंकले घटेको छ ।

आज सेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ३६ अंकले घटेर १ हजार नौ सय ८९ दशमलव २६ विन्दुमा झरेको छ । आज दुई सय २४ वटा कम्पनीको ४३ हजार नौ सय ७७ पटकको कारोबारमा ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब पाँच करोड ९७ लाखको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । रुरु जलविद्युत् परियोजनाको सेयर १० प्रतिशतले घटेको छ। समग्र बजार घटे पनि राधी विद्युत कम्पनीको सेयर झन्डै ६ प्रतिशतले बढेको छ ।

footwear zone

आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहहरूको सूचक उच्च अंकले घटेका छन् ।तीमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ५२ अंकले घटेर १३ सय ३८ दशमलव ९४ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ९४ दशमलव ११ अंकले घटेर तीन हजार पाँच सय ४५ दशमलव ५८ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि ८१ दशमलव ६२ अंकले घटेर २३ सय तीन दशमलव ५५ अंकमा झरेको छ । निर्जीवन बीमा समूहको सूचक एक सय ६५ दशमलव ९४ अंकले घटेर सात हजार नौ सय ५५ दशमलव २२ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक एक सय १४ दशमलव ८८ अंकले घटेर नौ हजार तीन सय २६ दशमलव ४२ अंकमा झरेको छ ।

You might also like

Comments are closed.