रोकिएन सेयर बजार घट्ने क्रम : नेप्से झन्डै २२ अंकले घट्दा एक अर्ब १२ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) को घट्ने क्रम अझै रोकिएको छैन् । गत सातादेखि ओरालो लाग्दै आएको नेप्सेको घट्ने क्रम अझै जारी छ । साताको चौथो कारोबार दिन नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोडको सेयर किनबेच भएको छ ।

footwear zone

आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहरुको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ । यो मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव सात अंकले घटेर एक हजार तीन सय ३० दशमलव ९९ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक ६५ दशमलव ९७ अंकले घटेर तीन हजार पाँच सय १३ दशमलव ९७ अंकमा झरेको छ ।

आज जलविद्युत समूहको सूचक पनि ४९ दशमलव ७५ अंकले घटेर दुई हजार दुई सय ४२ दशमलव ७३ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक पनि ४८ दशमलव ५७ अंकले घटेर सात हजार सात सय सात दशमलव ३७ अंकमा झरेको छ।

जीवन बीमा समूहको सूचक पनि एक सय ३७ दशमलव ४४ अंकले घटेर नौ हजार दुई सय २९ दशमलव ७४ अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि घटेका छन् ।

You might also like

Comments are closed.