सेयर बजारमा हरियाली !

नेप्से ४७.४४ अंकले बढ्दा एक अर्ब ४५ करोडको कारोबार

काठमाडौं । अघिल्लो साता लगातार ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) यो साता भने उकालो यात्रामा छ । साताको पहिलो कारोबार दिन सामान्य अंकले बढेको नेप्से कारोबारको तेस्रो दिन मंगलबार साढे २१ अंकले बढेकोमा आज ४७ दशमलव ४४ अंकले बढेको छ ।

नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको छ । हिजो नेप्से बढेपछि कारोबार रकममा सुधार आएन । आज भने नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । आज दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४५ करोड ३८ लाखको कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २४ दशमलव ४६ अंकले बढेर १३ सय ३८ दशमलव १३ अंकमा पुगेको छ।

footwear zone

त्यस्तै, विकास बैंक समूहको सूचक एक सय ६० दशमलव ८९ अंकले बढेर तीन हजार ६ सय ४३ दशमलव ९४ अंकमा, जलविद्युत समूहको सूचक पनि ७८ दशमलव ६१ अंकले बढेर २२ सय ४९ दशमलव ३३ अंकमा, निर्जिवन बीमा समूहको सूचक एक सय १६ दशमलव ९६ अंकले बढेर सात हजार नौ सय ९१ दशमलव ४४ अंकमा, जीवन बीमा समूहको सूचक एक सय ३३ दशमलव दुई अंकले बढेर नौ हजार तीन सय नौ दशमलव ९१ अंकमा पुगेको छ ।

You might also like

Comments are closed.