नेप्से झण्डै ३४ अंकले घट्यो, १ अर्ब ६० करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ । आज नेप्से ३३ दशमलव ९७ अंकले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर घटेको छ भने ८ कम्पनीको सेयर मात्रै बढेको छ । नेप्से घटे पनि आज सेयर कारोबार भने राम्रै भयो ।

आज दुई सय २९ वटा कम्पनीको ६२ लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

footwear zone

आज बलेफी हाइड्रोको सेयर मूल्य ७.८५ प्रतिशत, राप्ती हाइड्रोको ७.३० प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य पनि ७.२३ अंकले घटेको छ । कारोबारमा आएकामध्ये आज १३ वटै उपसूचक राताम्य हुँदा ट्रेडिङ उपसूमह सबै भन्दा धेरै ३.२४ प्रतिशतले घटेको छ ।

आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्, व्यापार, उत्पादन समूहको सेयर उच्च अंकले घटेको छ ।

You might also like

Comments are closed.