आएन सेयर बजारमा सुधार : नेप्से ३८.८१ अंकले घट्दा १ अर्ब २२ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । लगातार घट्दै आएको सेयर बजारमा अझै सुधार आउन सकेको छैन् ।

साताको पहिलो कारोबार दिन झन्डै ३४ अंकले घटेको नेप्से तेस्रो दिन आज ३८ दशमलव ८१ अंकले घटेर १ हजार ८ सय ३७ दशमलव ६० विन्दुमा झरेको छ ।

आज दुई सय ३१ वटा कम्पनीको ३८ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २२ करोडको कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको पाँच करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

footwear zone

समग्रमा आज सबै समूहको सेयर राताम्मे भएको छ । बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र जलविद्युत् समूहको सेयर उच्च अंकले ओरालो लागेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर झन्डै ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

You might also like

Comments are closed.