सेयर बजारमा करेक्सन : नेप्से ११.२२ ले बढ्दा जम्मा ७२ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ। केही दिनयता लगातार घटिरहेको नेप्से आज ११ दशमलव २२ अंकले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव एक अंकले बढेर तीन सय ६० दशमलव ८८ अंकमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। आज दुई सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता सेयर खरिद विक्री हुँदा ७२ करोड १२ लाख बराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शुन्य ६ अंकले घटेर बाँकी समूहको सूचक बढेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ७४ अंकले बढेर १२ सय ८१ दशमलव ३१ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक पनि ४४ दशमलव ७५ अंकले बढेर तीन हजार दुई सय ७७ दशमलव १५ अंकमा पुगेको छ ।

footwear zone

त्यस्तै, जलविद्युत समूहको सूचक पनि ११ दशमलव ७४ अंकले बढेर दुई हजार दशमलव ३० अंकमा पुगेकोमा जीवन बीमा समूहको सूचक ३५ दशमलव ३५ अंकले बढेर आठ हजार सात सय ६६ दशमलव ६४ अंकमा पुगेको छ।

You might also like

Comments are closed.