सेयर बजारमा सुधार : ११.३२ अंकले बढ्यो नेप्से, ६९ करोड १७ लाखको कारोबार

काठमाडौं । साताको दोस्रो र तेस्रो दिन दोहोरो अंकले घटेको सेयर बजार परिसूचाक (नेप्से) चौथो कारोबार दिन आज भने बढेको छ । नेप्से आज ११ दशमलव ३२ अंकले बढ्दै १ हजार ८ सय ६६ दशमलव ५२ अंकमा उक्लिएको हो ।

कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ । हिजो ५५ करोडको कारोबार भएको थियो । आज दुई सय २२ वटा कम्पनीको २० लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ६९ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा ट्रेडिङ र सामूहिक लगानी कोष समूहको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३८ अंकले बढेर १३ सय सात दशमलव ५० अंकमा पुगेको छ ।

footwear zone

विकास बैक समूहको सूचक पनि ६९ दशमलव चार अंकले बढेर तीन हजार तीन सय ९२ दशमलव ८४ अंकमा पुगेको छ भने, जलबिद्युत समूहको सूचक पनि १६ दशमलव १९ अंकले बढेर १९ सय ८० दशमलव ९६ अंकमा चढेकोमा निर्जिवन बीमा समूहको सूचक ४६ दशमलव ७४ अंकले बढेर सात हजार पाँच सय पाँच दशमलव ९२ अंकमा पुगेको छ ।

You might also like

Comments are closed.