सेयर बजारमा हरियाली

५६ अंकले बढ्यो नेप्से, सवा अर्ब बढीको कारोबार

 

काठमाडौं । दसैं, तिहार, छठ पछि सेयर बजार परिसूचक (नेप्से) मा परियाली छाएको छ । सोमवार १६ अंकले बढेको नेप्से मंगलवार उच्च अंकले बढेको छ। मंगलबार नेप्से ५६ दशमलव ११ अंकले बढेर एक हजार नौ सय ३० दशमलव ९९ बिन्दुमा पुगेको छ ।

बजारसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोडको कारोबार भएको छ। आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

footwear zone

आज सबै समूहको सेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको सेयर उच्च अंकले बढेको छ।

आज विकास बैंक समूहको सूचक पनि एक सय ३१ दशमलव २४ अंकले बढेर तीन हजार चार सय ५३ दशमलव ५३ अंकमा पुगेको छ भने जलविद्युत् समूहको सूचक ८३ दशमलव ७३ अंकले बढेर दुई हजार एक दशमलव २५ अंकमा पुगेको छ।

त्यस्तै, निर्जिवन बीमा समूहको सूचक एक सय ८२ दशमलव ३४ अंकले बढेर सात हजार सात सय दुई दशमलव ६७ अंकमा, जीवन बीमा समूहको सूचक पनि एक सय ७३ दशमलव ३८ अंकले बढेर आठ हजार आठ सय ८१ दशमलव ९५ अंकमा चढेकोमा फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक बढेका छन् ।

You might also like

Comments are closed.