आज नेप्से ३९ .१५ अंकले घट्दा १ अर्ब ४० कारोडको कारोबार

काठमाडौं । सेयर बजारको ओरालो यात्रा जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ३९ .१५ अंकले घटेको घटेको छ । आज नेप्से परिसूचक ३९ .१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेको छ ।

बुधबार २२३ कम्पनीका ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारसँगै आज अधिकांस परिसूचक घटेका छन् । उप-समूहतर्फ कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य घटेको छ।

footwear zone

स्टक एक्सचेञ्जका अनुसार आज माइक्रो फाइनान्स ११९.४६, जीवन बिमा १९९.९५, विकास बैंक ११०.९७, हाइड्रो पावर ५३.०६, होटल तथा पर्यटन ५६.११, अन्य ३४.५५ बैंकिङ १४.०४, ट्रेडिङ १७.६८, फाइनान्स ७७.६८, निर्जीवन बिमा १४४.३६ अंकले घटेको छ ।  बुधबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको उच्च कारोबार भएको छ ।

उक्त कम्पनीको ६ करोड ७८ लाख २७ हजार ६ सय १९.७० रुपियाँ बराबरको कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ७.९५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

 

You might also like

Comments are closed.