झण्डै २४ अंकले घट्यो नेप्से, १ अर्ब ११ करोड कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) झण्डै २४ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अंकले घटेर एक हजार आठ सय ९३ दशमलव ७० विन्दुमा झरेको छ ।

आज दुई सय २६ वटा कम्पनीको ३१ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब ११ करोड ९४ लाख रुपैयाँ कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सबै समूहको सेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। आज कुल १३ कम्पनीको मूल्य बढ्दा १७१ को घटेको छ एउटाको स्थिर रहेको छ ।

footwear zone

आज सबै उपसमूह घटेका छन्। बैंकिङ ९ अंक, विकास बैंक ४८, फाइनान्स ३८, होटल तथा पर्यटन २८, जलविद्युत् ४१, जीवन बीमा ६९, उत्पादन ६३, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ८८, अन्य ३३ र ब्यापार उपसमूह २१ अंकले घटेका छन् ।

You might also like

Comments are closed.