सेयर बजार ओरालो यात्रामा : नेप्से ७.७२ अंकले घट्दा एक अर्बको कारोबार

काठमाडौं । साताको चौथो दिन आज पनि सेयर बजार परिसूचक (नेप्से) आरोलो लागेको छ । नेप्से आज सात दशमलव ७२ अंकले घटेर १९ सय २१ दशमलव ९९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७० अंकले घटेर तीन सय ७७ दशमलव ९० अंकमा झरेको छ ।

आज दुई सय २३ वटा कम्पनीहरुको १७ हजार आठ सय ७६ पटकको कारोबारमा २८ लाख ३९ हजार तीन सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब दुई करोड २२ लाखको कारोबार भएको छ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी ११ वटा समूहहरुको सूचक घटेका छन्। सोमध्ये उत्पादनमुलक समूहको सूचक ४० दशमलव ५७ अंकले बढेर ५१ सय नौ दशमलव ४९ अंकमा पुग्दा टे«डिङ समूहको समूहको सूचक पनि बढेको छ ।

footwear zone

वाणिज्य बैंक समूहको सूचक भने ६ दशमलव ८३ अंकले घटेर १३ सय ५२ दशमलव ३५ अंकमा झरेको छ। विकास बैंक समूहको सूचक पनि शून्य दशमलव २२ अंकले घटेर तीन हजार चार सय १२ दशमलव ३७ अंकमा झरेको छ ।

जलविद्युत समूहको सूचक पनि १० दशमलव ५० अंकले घटेर दुई हजार चार दशमलव ७० अंकमा झरेको छ। जीवन बीमा समूहको सूचक २४ दशमलव दुई अंकले घटेर नौ हजार ५५ दशमलव ३८ अंकमा झरेको छ। निर्जिवन बिमा समूहको सूचक पनि २४ दशमलव २२ अंकले घटेर सात हजार ६ सय २६ दशमलव ६० अंकमा झरेको छ।

You might also like

Comments are closed.