करिब ६ अंकले घट्यो नेप्से, कुल ८६ करोड ३८ लाख कारोबार

काठमाडौं । साताको चौंथो दिन सेयर बजार परिसूचक (नेप्से) आज फेरि घटेको छ। हिजो र अस्ति सामान्य सुधार भएको सेयर बजार आज पाँच दशमलव ८९ अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अंकमा झरेको छ ।

आज बैकिङबाहेक सबै समूहको सेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

आज दुई सय ५२ वटा कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा ८६ करोड ३८ लाखको कारोबार भएको छ। आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ११ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

footwear zone

नेप्सेमा आज १३ वटासमूहहरुको कारोबार भएकोमा वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ३८ अंकले बढेर बाँकी समूहहरुको सूचक घटेका छन् ।

योमध्ये विकास बैंक समूहको सूचक १७ दशमलव ८४ अंकले घटेर तीन हजार दुई सय ८० दशमलव ४६ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक १४ दशमलव सात अंकले घटेर १९ सय ५० दशमलव ९५ अंकमा झरेको छ।

जीवन बीमा समूहको सूचक पनि ३७ दशमलव ८३ अंकले घटेर नौं हजार एक सय दशमलव २० अंकमा झरेको छ। निर्जिवन बीमा समूहको सूचक पनि २० दशमलव १५ अंकले घटेर सात हजार चार सय १७ अंकमा झरेको छ। यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक घटेका छन् ।

You might also like

Comments are closed.