साताको सेयर : नेप्से २०२९.०३ अंकमा, १० अर्ब ९९ करोडको कारोबार

काठमाडौं । यो साता सेयर बजार परिसूचक (नेप्से) मा हरियाली छाएको छ । यसले लामो समय मारमा परेका लगानीकर्तालाई केही राहत मिलेको छ । उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै सेयर बजार उकालो लागेको छ । यो साता नेप्से दुई हजार २९ दशमलव शून्य तीन अंकमा पुग्न सफल भएको छ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ३० अंकमा पुग्न सफल भएको छ। सातामा दुई सय ६१ वटा कम्पनीहरुको एक लाख ८७ हजार दुई सय २४ पटकको कारोबारमा तीन करोड २२ लाख ३७ हजार छ सय ३० कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कुल कारोबार रकम १० अर्ब ९९ करोड ५३ लाख ३९ हजार नौं सय २७ रुपैयाँ कायम हुन पुगेको छ। यो कारोबार रकम गत साताको तुलनामा बढी हो । गत साता भने नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको एक लाख २४ हजार ३७ पटकको कारोबारमा एक करोड ५० लाख ५२ हजार चार सय ७४ कित्ता सेयर किनबेच भएको थियो ।

footwear zone

जसबाट कुल कारोबार रकम चार अर्ब ९५ करोड ७७ लाख आठ हजार ५० रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो दिन सार्वजनिक बिदा परेकाले नेप्से बन्द रहेको थियो भने चौंथो दिन घटेको थियो ।

बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले बढेको थियो । यो साता दोस्र्रो दिन ५६ दशमलव ८८ अंकले बढेर १९ सय २४ दशमलव नौ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव शून्य तीन अंकमा कायम रहन सफल भएको थियो । यो साता नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्रा.लि, शिवम सिमेन्ट आदिले सबैभन्दा बढी कारोबार गरेका छन् ।

You might also like

Comments are closed.