सेयर बजारमा सुखद् सुरुवात : नेप्से १७ अंकले बढ्दा ४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा सुखद सुरुवात देखिएको छ। कारोबारको पहिलो दिन आज नेप्से १७ दशमलव २६ अंकले बढेर दुई हजार ४६ दशमलव २९ अंकमा पुगेको छ।

आज दुई सय ६१ वटा कम्पनीका एक करोड आठ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोड ८८ लाख बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै नबिल बैंकको २२ करोड ५६ लाख, नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८७ लाख कारोबार भएको छ । आज विकास बैंक र फाइनान्सबाहेक अन्य समूहको सेयर बढेकोमा बीमा र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले वृद्धि भएको छ ।

आज कुल १३ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये विकास बैंक समूहको सूचक एक दशमलव २७ अंकले घटेर तीन हजार पाँच सय ९८ दशमलव ३१ अंकमा झरेको छ।

footwear zone

फाईनान्स समूहको सूचक तीन दशमलव ४७ अंकले घटेको छ। वाणिज्य बैंक समूहको सूचक भने पाँच दशमलव ४५ अंकले बढेर १३ सय ७१ दशमलव २३ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पाँच दशमलव ३५ अंकले बढेर २२ सय ६० दशमलव एक अंकमा पुगेको छ ।

You might also like

Comments are closed.