साताको सेयर : नेप्से २,१४३ अंकमा, १९ अर्ब ९७ लाखको बारोबार

काठमाडौं । यो साता राजनीतिक वृतमा आएको परिवर्तनसंगै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थामा गरेको संशोधनको सकारात्मक प्रभाव सेयर बजार परिसूचक (नेप्से) मा देखा परेको छ ।

जसका कारण यो साता सेयर बजारमा सूचक तथा कारोबार रकम दुबै उच्च अंकले वृद्धि भएका छन् । नेप्से यो साता २१ सय ४३ दशमलव ९३ अंकमा चढ्न सफल भएको छ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ११ दशमलव २३ अंकमा पुग्न सफल भएको छ। सातामा दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ९३ हजार चार सय ९६ पटकको कारोबारमा चार करोड ८६ लाख ९० हजार ६ सय १६ कित्ता सेयर किनबेच भएका छन् ।

footwear zone

सोही किनबेचका आधारमा यो साता १९ अर्ब ९७ लाख बढीको कारोबार भएको छ । यो कारोबार रकम गत साताको तुलनामा नौ अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरुको एक लाख ८७ हजार दुई सय २४ पटकको कारोबारमा तीन करोड २२ लाख ३७ हजार ६ सय ३० कित्ता शेयर किनबेच भएको थियो । जसबाट कुल कारोबार रकम १० अर्ब ९९ करोड ५३ लाख ३९ हजार नौं सय २७ रुपैयाँ पुगेको थियो। यो साता हिमालयन डिष्ट्रिलरी प्रा.लि, नबिल बैंक, नेपाल टेलिकम आदिले सबैभन्दा बढी कारोबार गरेका छन् ।

You might also like

Comments are closed.