साताको सेयर : नेप्से २१४९.३९ अंकमा, २३ अर्ब ९१ करोडको कारोबार

काठमाडौं । यो साता नेप्से २१ सय ४९ दशमलव ३९ अंकमा पुगेर रोकिएको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ११ दशमलव २५ अंकमा पुगेर रोकिएको छ ।

दुई सय ५९ वटा कम्पनीहरुको सातामा तीन लाख ४३ हजार ८८ पटकको कारोबारमा छ करोड ४१ लाख चार हजार एक सय पाँच कित्ता सेयर खरिद–बिक्री भएको थियो । जसबाट यो साता कुल कारोबार रकम २३ अर्ब ९१ करोड छ लाख ८१ हजार एक सय ५८ रुपैयाँ पुगेको छ। यो कारोबार रकम गत साताको भन्दा चार अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ९३ हजार चार सय ९६ पटकको कारोबारमा चार करोड ८६ लाख ९० हजार छ सय १६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १९ अर्ब ९७ लाख ३९ हजार सात सय ७२ रुपैंयाँ पुगेको थियो। यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेकोमा पहिलो र दोस्रो दिन बढेको नेप्से तेस्रो र पाँचौं दिन भने घटेको थियो।

footwear zone

चौंथो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो। जसमध्ये पहिलो दिन २० दशमलव ६८ अंकले बढेर दुई हजार एक दशमलव ६१ अंकमा पुगेको नेप्से अन्तिम कारोबार दिन भने ४१ दशमलव चार अंकले घटेर २१ सय ४९ दशमलव ३९ अंकमा सिमित हुन पुगेको थियो।

त्यसैगरी पहिलो दिन चार सय ११ दशमलव २३ अंकमा स्थिर सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन सात दशमलव ८९ अंकले घटेर चार सय ११ दशमलव २५ खुम्चिन पुगेको थियो ।

You might also like

Comments are closed.