साताको अन्तिम  दिन नेप्से परिसूचक उकालो लागेर बन्द

काठमाडाैं ।  साताको अन्तिम  दिन नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ । पछिल्लो २ कारोबार दिनदेखि उकालो लागेको नेप्से परिसूचकले यस दिन पनि सोही गतिलाई आज पनि निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक ७.२७ अंक बढेर १९३९.६१ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक बढेको छ। त्यस्तै २७३ पटकको कारोबारमा ४३ हजार १२८ पटकको कारोबारमा २ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको ५९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दोल्ती पावर र भुगोल इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यी दुबै कम्पनीको शेयर यसैदिनदेखि कारोबारमा आएको हो। दोल्तीको शेयरमूल्य २६ रुपैयाँ १० पैसा बढेर २८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ भने भुगोल इनर्जीको शेयरमूल्य २० रुपैयाँ २० पैसा बढेर २२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको रिभर फल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.६४ प्रतिशत घटेको छ।

footwear zone

आजआइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १० करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५।५८ प्रतिशत बढेको छ। त्यस्तै निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको हो

 

You might also like

Comments are closed.