नेप्सेमा ३२ अंकको सुधार   

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार ३२.१५ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ५७५.६६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ ले उकालो लागेर ४५६.१० मा पुगेको छ ।

कूल २०९ कम्पनीको एक करोड २२ लाख नौ हजार ९२६ कित्ता शेयर रु ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार ४९८ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपश्चात बजार पूँजीकरण रु ३५ खर्ब ५७ अर्ब ११ करोड १२ लाख ५० हजारको हाराहारीमा पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ ।

व्यापार २९.७ र उत्पादन ०.२२ ले ओरालो लागेको छ । बैंकिङ ८.६८, होटल र पर्यटन ११२.९, विकास बैंक ७.७९, जलविद्युत् ९५.९८, वित्त २.३३, निर्जीवन बीमा ३९८.३२, अन्य १०.५१, लघुवित्त १४९.६८, जीवन बीमा १८६.०८, सामूहिक लगानी कोष ०.१८ र लगानी ०.३७ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ९४ हजार २७१ बराबरको कारोवार भयो ।

footwear zone

यस्तै निर्धन उत्थान लघुवित्त रु ४३ करोड ६९ लाख २७ हजार ९९९, एनएलजी इन्स्युरेन्स रु ३३ करोड १६ लाख ५० हजार ७०३, माथिल्लो तामाकोशी रु २८ करोड ९७ लाख १७ हजार ९३५, एचआइडिसिएल रु २८ करोड १६ लाख, चन्द्रागिरि हिल्स रु १६ करोड २३ लाख १३ हजार ७५५, छिमेक लघुवित्त विकास बैंक रु १५ करोड ३० लाख ३९ हजार ८१२, नबिल बैंक रु ११ करोड ९८ लाख २२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स रु ११ करोड ६० लाख र आइएमई जनरल इन्स्योरेन्स रु ११ करोड ४८ लाख २८ हजार २४५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

त्यस्तै कारोवारका आधारमा बोमी लघुवित्तका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । सानिमा जनरल इन्स्योरेन्स ९.९७, जनरल इन्स्योरेन्स ९.९४, अजोड इन्स्योरेन्स ९.९२, समिट लघुवित्त वित्तीय संस्था ९.५६, स्वाभिमान लघुवित्त ९.४७, प्रभु लाइफ इन्स्योरेन्स ८.६१, माथिल्लो तामाकोशी ८.३८, एचआइसिएल ८ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ७.९१ प्रतिशतले कमाए ।

युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.३३, नेपाल पूर्वाधार बैंक २.३१, एनआइसि एशियाको ऋणपत्र १.९८, रिडी हाइड्रोपावर १.९१, पाँचथर पावर कम्पनी १.७५, गुडविल फाइनान्स १.५६, प्रोगेसिभ फाइनान्स १.२५ र तारागाँउ रिजेन्सी होटलका शेयरधनीले १.२३ प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.