ओरालो यात्रामा नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.४७ बिन्दुले ओरालो लागेर एक हजार ६३६.१७ मा ओर्लेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.१४ ले ओरालो लागेर ३२४.३६ मा झरेको छ । साताको अन्तिम दिन कूल २०० कम्पनीको ९१ लख २३ हजार ८९६ कित्ता शेयर रु दुई अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ मूल्यमा खरिद बिक्री भए । यस्तै आजको कारोबार पछि बजार पूँजीकरण भने रु २१ खर्ब ९२ अर्ब बराबरको भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.८६, विकास बैंक ५.०५, जलविद्युत् १३.९३ र जीवन बीमा १.३५ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.९, व्यापार १९.०३, वित्त ०.२, निर्जीबन बीमा १६.१८, उतपादन ४.२१, अन्य ०.६७, लघुवित्त १३.३४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।

footwear zone

कारोबारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ८४ लाख ६० हजार ८५९ मूल्य बराबरको कारोबार भयो । त्यसैगरी अरुण काबेली पावर रु १८ करोड ५४ लाख ९१ ह्जार ६५६, एभरेष्ट बैंक रु १६ करोड ४५ लाख पाँच हजार ३८७, अपि पावर कम्पनी रु १४ करोड ३४ लाख ६२ हजार ४१८, हिमालयन डिस्ट्रिलरी रु १० करोड दुई लाख ९५ हजार ६६४, अरुण भ्याली हाइड्रोपावर रु सात करोड ६१ लख १७ हजार ५२८ र प्रभु बैंक रु सात करोड ३७ लाख २० हजार ५७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सानिमा जनरल इन्स्योरेन्स ९.९४, रैराङ हाइड्रोपावर ९.९१, गुर्खाज फाइनान्स ९.६८, सिन्धु विकास बैंक ९.३८, घलेम्दी हाइड्रोका लगानीकर्ताले ८.७३ प्रतिशतले कमाए । त्यसैगरी, विशाल बजार कम्पनी ८.५०, शिवश्री हाइड्रोपावर ७.८८, एभरेष्ट बैंक ५.८६, नाडेप लघुवित्त ३.५२ र समिट लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.