नेप्सेमा पुनः नयाँ रेकर्ड

काठमाडौं ।

नेप्से परिसूचक सोमबार २०.७१ अंकले बृद्धि भएर नयाँ उचाई कायम गरेको छ । सोमबार नेप्से २७५९.२२ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ तर्फ पनि ४.४५ अंक बृद्धि भइ ४९२.५९ अंकमा सूचक पुगेको छ ।

सोमबार कारोबारमा आएका २ सय १८ वटा कम्पनीका १ करोड ९० लाख ५६ हजार सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ भन्दा बढीको कारोबार भएको छ । आइतबार पनि ५४ अंक बढेर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो भने १० अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

footwear zone

सोमबार ११ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार सबैभन्दा बढी बिबिसीको मूल्य १.८४ प्रतिशतले घटेको छ । सबैभन्दा बढी नेपाल पुनर्विमा कम्पनीको ६६ करोड भन्दा बढीको कारोबार भएको छ ।

You might also like

Comments are closed.