काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भोलिपल्ट आज आइतबार सेयर बजारमा लगानीकर्ताकोे आकर्षण देखिएको छ ।
कारोबार सुरु भएको २ घन्टामा (दिउसो १ बजेसम्म) करिब ५ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भइसकेको छ ।
दिउसो १ बजेसम्म बजार सूचांक नेप्से पनि ३१ अंक भन्दा बढीले बढेको छ । दिउसो १ बजेसम्म २ करोड २० लाख भन्दा बढी सेयर खरिद बिक्री भएका छन् । अन्य र माइक्रो फाइनान्स बाहेकका सम्पूर्ण सब इन्डेक्सहरुमा हरियाली छाएको छ ।






Comments are closed.