सेयर बजारमा पहिरो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा ४५.२५ अंकले गिरावट आएको छ । लगातार नयाँ रेकर्ड कायम गरेको नेप्सेमा गिरावट आएसँगै सोमबार २७८२.६८ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

आइतबार १७ अर्ब भन्दा बढीको कारोबार भएकोमा सोमबार कारोबार रकममा पनि कमी आएको छ । सोमबार २ सय १८ वटा कम्पनीको ३ करोड ८ लाख ८८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

म्युचुअल फण्ड बाहेक सम्पूर्ण सब इन्डेक्सहरु सोमबार राताम्मै देखिएका छन् । सबैभन्दा बढी राधी हाइड्रोपावरको ९१ करोड बराबरको कारोबार भएको छ । नेप्सेमा भारी गिरावट आउँदा पनि राधी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा झण्डै १० प्रतिशतले बृद्धि भएको छ ।

footwear zone

बरुण हाइड्रोपावरको सेयर मूल्य झण्डै १० प्रतिशतले घटेको छ । नेशनल हाइड्रो डेभलपर्स, छ्याङदी हाइड्रो, माउन्टेन हाइड्रो नेपाल, रिदी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । सोमबार ४६ वटा कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ । ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ भने १ सय ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

You might also like

Comments are closed.