नेप्सेमा उच्च अंकको वृद्धि   

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । केही दिन सुस्ताएको नेप्सको वृद्धिमा बुधबार भने झण्डै ५६ अङ्कको वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५५.७६ अङ्कको सुधार भई दुई हजार ८२७.१२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८३ ले वृद्धि भई ५०५.१५ मा पुगेको छ । कूल २१९ कम्पनीको दुई करोड २६ लाख १३ हजार २९ कित्ता शेयर रु ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ मा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । सामूहिक लगानी कोष ०.०२ ले घट्दा बैंकिङ ८.८, व्यापार १५.१२, होटल तथा पर्यटन ९२.३५, विकास बैंक २२५.६६, जलविद्युत् ८१.८२, वित्त १३७.८३, निर्जीवन बीमा ४७९.११, उत्पादन १३६.३४, अन्य ११०.७७, लघुवित्त ६९.६३, जीवन बीमा ३७४.१७ र लगानी ०.९२ ले उकालो लागेको छ ।

footwear zone

कारोवारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ३७ करोड ८७ लाख ९० हजार ६२२ बराबरको कारोवार भएको छ । यस्तै निर्धन उत्थान लघुवित्त रु ३३ करोड ४५ लाख ८४ हजार ८४०, सानिमा माई हाइड्रोपावर रु ३२ करोड १९ लाख ६३ हजार ३३१, लुम्बिनी विकास बैंक रु २९ करोड ७९ लाख ३९ हजार ५०३ र ज्योति विकास बैंक रु २३ करोड एक लाख २२ हजार ६७२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रो पावरको शेयर १० प्रतिशलते वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मन्जुश्री फाइनान्स ९.९७, पोखरा फाइनान्स ९.९७ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए । त्यस्तै राधी विद्युत् कम्पनी ७.२३, एनबिएिल ऋणपत्र १.७८, विशाल बजार कम्पनी १.६७, सिटिजन म्युचुअल फण्ड १.६१ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.५४ प्रतिशतले गुमाए । बुधबारको कारोवारपछि बजार पँुजीकरण रु ३९ खर्ब २३ अर्ब आठ करोड ३५ लाख ८८ हजार ४० बराबर पुगेको छ ।

You might also like

Comments are closed.