नेप्से परिसूचक २९६० विन्दुमा, कारोबार उत्साहजनक, ३६ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सर्वाधिक उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । मंगलबार ५३.४४ अंकले नेप्से परिसूचक बृद्धि हुँदा २९६०.१४ विन्दुमा पुगेको छ । सेन्सेटिभ तर्फ पनि ७.४७ अंकले नेप्से बृद्धि हुँदा ५२८.१० अंकको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ ।

मंगलबार २ सय १८ वटा कम्पनीको सेयर १ लाख ४९ हजार ७ सय ८ पटकको कारोबार हुँदा ३ करोड ५७ लाख ३ सय ७४ सेयर खरिद बिक्री भएका छन् । मंगलबार १६ अर्ब ९५ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।

होटल तथा पर्यटन, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट कम्पनीबाहेक सम्पूर्ण उपसूचकको मूल्य मंगलबार बढेको छ । विकास बैंक र फाइनान्सका लगानीकर्ताले मंगलबार सर्वाधिक कमाएका छन् । मंगलबार ३६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेको अधिकांश कम्पनी विकास बैंक र फाइनान्स छन् । मुक्तिनाथ विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, हिमालयन जेनरल इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । अन्य २९ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

footwear zone

मंगलबार मेरो माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी २.८५ प्रतिशतले घटेको छ । त्यसपछि क्रमशः हिमाल दोलखा हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था, मिधिला लघुवित्तका लगानीकर्ताले बढी गुमाएका छन् । मंगलबार नेपाल पुनर्विमा कम्पनीको सेयर १ अब ६ करोड भन्दा बढीको कारोबार भएको छ ।

You might also like

Comments are closed.