सेयर बजारमा उछाल, २० अर्ब नजिक पुग्यो कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार रकममा समेत अत्याधिक बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ३८.३२ अंकले बृद्धि भइ २९८३.१० अंकको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ ।

त्यसैगरी आइतबार १९ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । २२० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार भन्दा बढी सेयर खरिद बिक्री हुँदा कारोबार रेकर्डमा उछाल आउँदै नयाँ रेकर्ड कायम भएको हो । सेन्सेटिभ इन्डेक्सतर्फ पनि ११.५४ अंकले नेप्से सूचक बढेर ५३९.४१ अंकको विन्दुमा सूचक पुगेको छ ।

विकास बैंक, फाइनान्स र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट तर्फको सेयर मूल्य बृद्धि हुँदा ट्र«ेडिङ, निर्जीवन बिमा, अन्य, लघुवित्त, जीवन बिमा र म्युचुअल फण्डको सेयर मूल्य घटेको छ ।

footwear zone

मंगलबार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयरको कारोबार सबैभन्दा बढी ६६ करोड भन्दा बढीको भएको छ । ४५ वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

You might also like

Comments are closed.